top of page
Search

Second Ordinary General Meeting snippets!

Oct 23
2 min read
Thank you to our shareholders who took made time out of your busy schedule to join us and discuss how we can further improve our efforts for the betterment of the school.
Thank you to our shareholders who took made time out of your busy schedule to join us and discuss how we can further improve our efforts for the betterment of the school.

को दोस्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न।

जापानको कितास्थित एसियन ब्रिज इन्टरनेशनल स्कूलको सभा हलमा Energetic株式会社 द्वारा प्रवर्द्धित Asian Bridge International School, Japan को दोस्रो वार्षिक साधारण सभा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।



संस्थाका अध्यक्ष डा. बलराम श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न सभाको प्रारम्भमा विद्यालय व्यवस्थापन समितिका सदस्य श्री दिनेश लोहनीज्यूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको निरन्तर प्रगति, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सफलताको कामना गर्नुभएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि, आर्थिक अवस्था, संस्थागत विकास, भावी कार्ययोजना तथा आगामी दिनमा विद्यालयलाई अझ गुणस्तरीय र अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुरूप विकास गर्दै लैजाने विषयमा विस्तृत छलफल गरिएको थियो।


विद्यालयको शैक्षिक प्रगति, उपलब्धि, सञ्चालनमा रहेका गतिविधि तथा आगामी शैक्षिक योजनासम्बन्धी प्रतिवेदन विद्यालयका उपप्रधानाध्यापक तथा शैक्षिक मामिला प्रमुख श्री नारायण कट्टेलज्यूले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, विद्यालयको आर्थिक अवस्था तथा आयव्ययसम्बन्धी प्रतिवेदन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा आर्थिक प्रमुख श्री दिनेश सिलवालज्यूले प्रस्तुत गर्नुभएको थियो। सभामा उपस्थित सञ्चालक, प्रवर्द्धक तथा सेयरधनीज्यूहरूले विभिन्न जिज्ञासा, सुझाव र विचार राख्नुभएको थियो ।उठेका सवालहरूको सम्बोधन गर्दै अध्यक्ष डा. बलराम श्रेष्ठज्यूलगायत व्यवस्थापन समितिका प्रतिनिधिहरूले विद्यालयको वर्तमान अवस्था, भावी प्राथमिकता र विकासका योजनाबारे प्रकाश पार्नुभएको थियो।

नेपाली समुदायको सामूहिक प्रयास, लगानी र प्रतिबद्धताबाट जापानमा सञ्चालित यस विद्यालयमा हाल एक सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। हाल कक्षा ५ सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ६ सञ्चालन गर्ने लक्ष्यसहित शैक्षिक विस्तारको तयारीलाई अगाडि बढाउने विषयलाई पनि महत्त्व दिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक विकास, प्रभावकारी व्यवस्थापन, विद्यार्थीको सर्वाङ्गीण विकास तथा आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्दै विद्यालयलाई अझ व्यवस्थित, परिष्कृत र अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुरूप विकास गर्ने विषयमा सभामा महत्त्वपूर्ण विचारविमर्श भएको थियो। उपस्थित प्रवर्द्धक तथा सेयरधनीज्यूहरूबाट विद्यालयको भावी विकासका लागि प्राप्त सुझाव, सहयोग र प्रतिबद्धताले आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।



Thank you to our dear students for your efforts, we are so proud of you every step of the way!
Thank you to our dear students for your efforts, we are so proud of you every step of the way!

कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाउन विद्यालयका बालबालिकाहरूले स्वागत नृत्यलगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। बालबालिकाहरूको उत्साहपूर्ण प्रस्तुतिले सभामा थप रौनक थप्नुका साथै उनीहरूको प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक पहिचानलाई उजागर गरेको थियो।

समग्रमा, दोस्रो वार्षिक साधारण सभा विद्यालयको प्रगतिको समीक्षा गर्ने, आर्थिक तथा शैक्षिक अवस्थाबारे जानकारी आदानप्रदान गर्ने र भावी योजनालाई थप स्पष्ट बनाउने महत्त्वपूर्ण अवसर बनेको छ। नेपाली समुदायको विश्वास, लगानी र सामूहिक प्रयासबाट स्थापित यस शैक्षिक संस्थालाई आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउँदै विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने साझा प्रतिबद्धतासहित सभा सफलतापूर्वक सम्पन्न भएको छ।




यस अवसरमा विद्यालयको उन्नति र प्रगतिका लागि निरन्तर साथ, सहयोग, सुझाव र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण सञ्चालक, प्रवर्द्धक, सेयरधनी, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा उपस्थित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

 
 
 

Comments


bottom of page