Japan & Nepal's 70th Anniversary Culture Exchange Program

एसियन ब्रिज इन्टरनेसनल स्कुल (ABIS), टोकियोका विद्यार्थीहरूले नेपाल र जापानबीचको मित्रता, सद्भाव तथा सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको २७औँ फुरेआइ कन्सर्टमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गर्दै नेपालको प्रतिनिधित्व गर्ने गौरवपूर्ण अवसर प्राप्त गरेका छन्।
नेपाल र जापानबीच सन् १९५६ मा स्थापित कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित यस कार्यक्रममा हाम्रा विद्यार्थीहरूले नेपाली कला, संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई जापानी मञ्चमा प्रस्तुत गर्दैछन्।



विद्यार्थीहरूको यस सहभागिताले नेपाली संस्कृतिको प्रवर्द्धन गर्नुका साथै दुई देशका नागरिकबीच आपसी समझदारी, मित्रता र सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
आफ्नो कला, प्रतिभा र सांस्कृतिक गौरवका माध्यमबाट नेपाल तथा एसियन ब्रिज इन्टरनेसनल स्कुलको प्रतिनिधित्व गर्ने हाम्रा सम्पूर्ण विद्यार्थीहरूप्रति हामी हार्दिक गर्व व्यक्त गर्दछौँ।
नेपाल–जापान मित्रताको ७० वर्ष: संस्कृति, सद्भाव र शिक्षामार्फत सम्बन्धको उत्सव!
नेपाली संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव!




Comments